उच्च अंकले बढ्यो नेप्से,परिसुचक १९३० अंक पुग्दा ६९ करोड ७३ लाखको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.५० प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, युनिभर्सल पावर ९, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्को शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।

शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिजन म्युचुअल फण्ड –१ काे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक झन्डै ६ करोड र शिवम् सिमेन्ट ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।