बैंक अफ काठमाण्डूद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा झन्डै ७ प्रतिशत बढी हो । बैंकले उक्त आवमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।