रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन, विष्णु पौडेललाई सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै गठबन्धन उम्मेदवारविहीन बनेको हो ।

खारेज रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप सहज भएको छ ।

गुरुङ गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार थिए ।  

त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गुरुङलाई प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार उम्मेदवार हुन अयोग्य देखिएकोले उम्मेदवारको मनोनयन खारेज हुने निर्णय भएको व्यहोरा आयोगको सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।