चाइना स्टेट कन्स्ट्रक्सनलाई कार्य सुधारको लागि अन्तिम मौका, नत्र ठेक्का तोडिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्‍पनीलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ ।

१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो ।  सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।