काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा १ अर्ब बढी बिगो माग गर्दै मुद्दा चलाइएका ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा छुटेका छन् ।
उच्च अदालत पाटनको गत बिहीबारको आदेशअनुसार उनी आइतबार १५ लाख धरौटी रकम बुझाएर छुटेका हुन् । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश दिएको थियो ।
विशाल सिमेन्टका पूर्वसंचालक समेत रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर काठमाडौंमा पठाएको थियो ।
Comment