विप्लवसहित ४ पार्टीको नेपाल बन्द प्रभावहीन, सवारीसाधनको चहलपहल बाक्लो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

काठमाडौँ उपत्यकाका मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा सुरक्षाकर्मीहरु परिचालन भएका छन्।

साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।

मंगलबार बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्।

अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।