नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ ।

वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ ।

मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको जनाएको छ ।

यसअघि १ भदौबाट लागू हुने गरी वातावरण विभागले देशभर ४० माइक्रोन भन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।