चलचित्र विकास बोर्डको अध्यक्षका लागि दश जना उम्मेदवारको नाम सार्वजनिक, को को परे?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन मागेसँग कलाकारहरूको दौडधूप शुरु भएको थियो। चलचित्रकर्मीहरू अध्यक्ष बन्न विभिन्न राजनीतिक शक्ति केन्द्रमा लबिङमा धाइरहेका थिए।

यस्तैमा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै १० जना उम्मेदवारको सूची बाहिर ल्याएको छ। बोर्डको अध्यक्ष उम्मेदवारमा कलाकार भूवन केसीलगायतका कलाकारहरू छन्।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार बोर्डको अध्यक्ष उम्मेदवारमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रूपमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।