युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रेम आले पर्यटन मन्त्रीमा बहाल रहँदा भएको विवादका क्रममा सरकारले अधिकारीलाई निलम्बन गरी दीपुराज ज्वारचनलाई गरेको अस्थायी नियुक्ति गरेको थियो ।

एकीकृत समाजवादी सचिवालयको जेठ २२ गतेको निर्णयअनुसार अधिकारीलाई निलम्बन प्रस्ताव लैजाने आले मन्त्रीबाटै फिर्ता भइसकेका छन्। अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीका रुपमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।