किन घट्यो अर्बपतिहरुको सम्पति, मस्कले अर्बौं गुमाए, जुकरबर्गको सम्पत्ति आधा घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विश्वका धनी एलन मस्कको सम्पत्ति करिब ६२ अर्ब डलरले घटेको छ ।

ब्लूमबर्गका अनुसार संसारकै धनी इलोन मस्कको सम्पत्तिमा भारी गिरावट
आएको हो । यो वर्षको शुरुवाती छ महिनामा मस्कको ५९ अर्ब ९० करोड डलर
गुमेको हो ।

विश्वकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति करिब ६३ अर्ब डलरले
घटेको छ । पहिलो छ महिनामा (जनवरी-जुन) मा विश्वका शीर्ष ५०० धनीले १४
ट्रिलियन डलर गुमाएका छन् ।

यो विश्वव्यापी अर्बपति वर्गको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आधा वर्ष
गिरावट हो । यो कोरोना पछिको अवधिमा सबैभन्दा तीव्र गिरावट पनि हो ।

यसले प्राविधिक कम्पनीहरूदेखि क्रिप्टोकरेन्सीहरूमा सबै कुरा घटाएको
देखिएको छ । नीति निर्माताहरूले बढ्दो मुद्रास्फीतिसँग जुध्न ब्याजदर
बढाउदा केही उच्च मूल्यका स्टकहरू र अर्बपतिहरूले ठूलो घाटाको सामना
गरिरहेका छन् ।

टेस्ला इंकको अन्तिम त्रैमासिक अहिलेसम्मकै सबैभन्दा खराब रहेको छ । अमेजन इंक डट-कम बबलपछि सबैभन्दा बढी पीडित भएको छ ।

बेजोसको सम्पत्ति पनि घटेर १ खर्ब ३३ अर्ब डलर कायम भएको छ । उनले पनि छ महिनामा ५९ अर्ब ३० करोड डलर गुमाएका छन् ।

यो वर्षको सुरु छ महिनामा टप १० मा सामेलमध्ये केवल भारतीय अर्बपतिको
सम्पत्ति मात्रै बढेको छ। गौतम अदानीको सम्पत्ति २२ अर्ब ३० करोड डलर बढेर
९८ अर्ब ८० करोड डलर पुगेको छ। उनी अहिले पनि विश्वका टप १० अर्बपति सूचीमा
छैटौं स्थानमा छन्।

त्यस्तै अर्का भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा पनि तीन अर्ब
डलर बढेको छ। उनको कुल सम्पत्ति ९३ अर्ब डलर नजिक छ। त्यस्तै अजीम
प्रेमजीको सम्पत्ति यही बेला १५ अर्ब ५० करोड डलर घटेको छ भने शिव नाडरको
सम्पत्ति ८ अर्ब ५१ करोड डलर घटेको छ।

राधाकिसन दमानीको ७ अर्ब ४० करोड डलर घटेको छ भने लक्ष्मी मित्तलाई चार अर्ब ५९ करोड डलर नोक्सानी भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।