गम्भीर मोडमा अर्थतन्त्र, गाडी लगायत विलासिताका वस्तुको आयात रोक्न मौखिक निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।

सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निजी गाडी लगायका केही बस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो।

यो निर्णयसँगै अब निजी सवारीसाधन आयात गर्न पाइने छैन् ।   उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको हो।

राष्ट्र बैंकको निर्देशनबमोजिम  मंगलबारदेखि निजी गाडीका लागि एलसी खोल्न बन्द गरिएको एक बैंकका सीइओले बताएका छन्।

अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।

राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् । एकातिर सुपारी लगायत तस्करीजन्य वस्तुको आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तुबाहेकको आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमिलेको बैंकहरूको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।