काठमाडौं । विश्वमा सूचना प्रविधिको विकासले मानिसको दैनिक जीवन यापनका हरेक क्रियाकलापमा सुविधा र सहजता ल्याएको छ । नयाँ टेक्नोलोजीको विकासले अन्तरिक्षमा गाडी पठाउनेदेखि मानव बस्ती बसाउनेसम्म तयारी भइरहेको छ । सूचना प्रविधिको विकासले मानिसको जीवन शैली नै बदलेको छ भने डिजिटालाइजेशन समेत गर्दै लगेको छ ।
सूचना प्रविधिको विकासले अहिले विश्वलाई ग्लोबल भिलेजमा रुपान्तरित गरिसकेको छ । आगामी दिनमा अझै संसारलाई कति साँघुर्याउने हो त्यो हेर्न बाँकी छ । अहिले हरेक क्षेत्रमा भएको प्रविधिको विकासले भौतिक वस्तुहरुलाई भर्चुअल (डिजिटल) बनाउँदै लगेको छ ।
प्रविधिको विकाससँगै भर्चुअल दुनियाँमा गएकोमध्ये एक हो बैंक तथा वित्तीय क्षेत्र । कुनै बेला कागजी ढड्डाबाट सुरू भएको बैंकिङ कारोबार अहिले पूर्ण डिजिटलाइजेसन्को चरणउन्मुख भइरहेको छ । त्यसै पनि बैंकिङ प्रणालीमा भएको कागजी मुद्रा हट्ने क्रम (क्यास लेस्) को बढ्दै गएको छ । युरोप, अमेरिकी महादेशका केही देशहरुले डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेको छन् भने केही देश ल्याउने तयारीमा छन् ।
छिमेकी मुलुक चीनले पनि डिजिटल करेन्सीको परीक्षण गरिरहेको छ भने भारतले पनि सन् २०२२ को अन्त्यसम्म ल्याइसक्ने घोषणा गरेको छ । यस्तै, अन्य विभिन्न देशका केन्द्रीय बैंकले पनि डिजिटल मुद्रा प्रयोगमा ल्याउने बारे योजना अघि सारेका छन्।
यसैबीच, पछिल्लो १ दशक यता विश्वभर भर्चुअल मुद्राको कारोबार बढ्दो क्रममा रहेको छ । त्यसकै एक उदाहरण हो क्रिप्टो करेन्सी । निकै छोटो समयमा विश्वभरी फैलिएको क्रिप्टोकरेन्सीको कारोबारले विश्वको ध्यान तानेको छ । कुनै बैंक वा सरकारको नियमन विना डिसेन्ट्रलाइज रुपमा चल्ने यस्तो मुद्राले विश्व अर्थतन्त्रलाई नै चुनौती दिइरहेको छ ।
सन् २००९ मा सातोशी नाकामोतो नामक व्यक्तिले बिट्क्वाइनको आविष्कार गरेर प्रयोगमा लयाएको क्रिप्टोकरेन्सी अहिले विश्वका अधिकांशदेशमा बहसको विषय बनेको छ । हालसम्म विश्वमा हजारौँ क्रिप्टोकरेन्सीहरु प्रचलनमा आइसकेका छन् । अमेरिकी मुलुक एल साल्भाडोरले आधिकारिक मुद्राको मान्यता नै दिइसकेको छ ।
क्रिप्टोकरेन्सीको कारोबारलाई कतिपय देशले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएका छन् भने कतिपयले नियमनको दाएरामा ल्याएका छन् ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी समेत दिएको प्रहरीले क्रिप्टो करेन्सी कारोबारको आरोपमा केहीलाई पक्राउ समेत गरेको छ ।
‘क्रिप्टोकरेन्सी’ एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन।
क्रिप्टो र करेन्सी दुई अक्षर मिलेर बनेको यो शब्दमा क्रिप्टो भनेको सेक्रट र करेन्सी भनेको रुपैयाँ हो । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका सैयौँ ‘क्रिप्टोकरेन्सी’हरू प्रचलनमा छन् ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबारले कानुनी मान्यता पाएको छैन् । तर, अवैध रुपमा क्रिप्टोको कारोबारमा संलग्न रहेको आरोपमा बेलाबेलामा कारोबारीहरु पक्राउ परेका छन् ।
क्रिप्टोकरेन्सीको कारोबार गर्ने देशहरु
एसीयाकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भारतले यही साताको बजेट वक्तव्यमार्फत क्रिप्टोकरेन्सीको कारोबारलाई राजस्वको दायरामा ल्याएको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले डिजिटल सम्पत्तिहरुबाट हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेसँगै क्रिप्टोको कारोबार पनि करको दायरामा आएको हो ।
सोझै क्रिप्टोकरेन्सीको कारोबार अनुमति नदिए पनि भारतले घुमाउरो तरिकाले भने कारोबार गर्न सक्ने ठाउँ दिएको हो । भारतले यसै साता आफ्नो रुपैयाँको डिजीटल स्वरुप प्रयोगमा ल्याउने बताएको छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएको चीनले क्रिप्टोकरेन्सीको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, उसले केही समयमै आफ्नो युआनलाई डिजीटल प्ल्याटफर्ममा ल्याउने जनाएको छ । यसैगरी, इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशलगायत देशहरूमा क्रिप्टोकरेन्सी कारोबारमा पूर्णरुपमा प्रतिबन्धित लगाएको छ ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भौतिक अस्तित्व नभएको डिजिटल (भचुर्अल) मुद्रा हो । ब्लकचेन प्रविधिमा आधारीत विकेन्द्रीकृत रूपमा संञ्चालन हुने भएकाले यसको मूल्य भचुर्अलमै तोकिएको हुन्छ ।
ब्लकचेन जस्ता प्रणालीमार्फत इन्टरनेटमा जोडिएका धेरै कम्प्युटरमा यस्ता मुद्रा राख्न सकिन्छ । क्रिप्टोकरेन्सीको नियमन गर्ने कुनै निकाय वा केन्द्रीय बैंक भने छैन । वा जारी गर्ने बैंक वा निकायले आफ्नो सर्भरमा राख्न पनि सक्छ । क्रिप्टोकरेन्सी मार्फत सामान किन्न वा भुक्तानी गर्न सकिन्छ । विश्वमा सबैभन्दा पहिलो क्रिप्टोकरेन्सीको रूपमा बिट्क्वाइन प्रयोगमा आएको थियो ।
हाल हजारौँ संख्यामा क्रिप्टोकरेन्सीहरु प्रयोगमा आइरहेका छन् । एकीन तथ्यांक नभए पनि करिब १० हजार क्रिप्टोकरेन्सी रहेको बताइन्छ । बिटक्वाइन, रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन लगायत प्रयोगमा रहेका मुख्य क्रिप्टोकरेन्सी हुन् ।
कतिको सुरक्षित छ?
‘क्रिप्टोकरेन्सी’ डिसेन्ट्रललाइज मुद्रा हो अर्थात यसमा कसैको नियन्त्रण रहदैन । कुनैपनि निकायको नियन्त्रण नहुँदा यो भर्चअल मुद्रा असुरक्षित छ भन्ने लाग्न सक्छ तर यसको सिस्टमेटिक प्रोसेस बुझ्नुभएमा भने तपाईंलाई असुरक्षित लाग्दैन ।
‘क्रिप्टोकरेन्सी’लाई सुरक्षित बनाउने मुख्य ब्लकचेन, सिस्टम पियर टु पियर, क्रिप्टोग्राफी लगायतको कुराले यसको सुरक्षा दर्साउँछ । यसलाई कुनै व्यक्ति वा समूहले चाहादैंमा क्षति पुर्याउन सक्दैन ।
फाइदाहरू
हामीलाई थाहा छ कि कुनै पनि चीजको दुबै फाइदा र नोक्सान हुन्छन्। क्रिप्टो मुद्रा एक डिजिटल मुद्रा हो त्यहाँ ठगी गर्ने सम्भावना कम छ। दोस्रो, अधिक पैसा भएको खण्डमा क्रिप्टो मुद्रामा लगानी गर्नु फाइदाजनक हुन्छ किनभने यसको मूल्यहरू धेरै छिटो बढ्छन्।
त्यसकारण यो लगानीको लागि राम्रो प्लेटफर्म हो। तेस्रो, अधिकांश क्रिप्टो मुद्रा वालेटहरू उपलब्ध छन् जसका कारण अनलाइन सपिङ, पैसाको लेनदेन सरलीकृत गरिएको छ।
चौथो, त्यहाँ क्रिप्टो मुद्रालाई नियन्त्रण गर्ने अधिकार छैन, जसको कारणले नोटबन्दीर मुद्रा घटाउने खतरा देखा पर्दैन। पाँचौं, त्यहाँ धेरै देशहरू छन् जहाँ त्यहाँ पूंजी नियन्त्रण छैन। मतलब कि यो कति निश्चित छैन कति देश बाहिर पठाउन सकिन्छ र कति अर्डर गर्न सकिन्छ।
त्यसकारण, यो सजिलैसँग क्रिप्टो मुद्रा खरीद गरेर देशको बाहिर पठाउन सकिन्छ र त्यसपछि यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ। छैठौं, क्रिप्टो मुद्राको सबैभन्दा ठूलो फाइदा भनेको उनीहरूलाई हो जसले आफ्नो पैसा लुकाउन चाहन्छ। यसैले क्रिप्टो मुद्रा पैसा लुकाउनको लागि उत्तम प्लेटफर्मको रूपमा देखा पर्यो। सातौं, क्रिप्टो मुद्रा पूर्ण रूपमा सुरक्षित छ।
बेफाइदा
क्रिप्टो मुद्राको सबैभन्दा ठूलो नोक्सान यो हो कि यसको कुनै भौतिक अस्तित्व छैन, किनकी यो प्रिन्ट गर्न सकिँदैन। मतलब कि न त नोट छाप्न सकिन्छ न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ।
दोस्रो, त्यहाँ यसलाई नियन्त्रण गर्न कुनै देश, सरकार वा संस्था छैन, जसको कारण यसको मूल्यमा ठूलो उछाल हुन्छ, कहिलेकाँही ठूलो गिरावट, जसको कारण क्रिप्टो मुद्रामा लगानी गर्नु जोखिमपूर्ण सम्झौता हो।
तेस्रो, यो सजिलै हतियार किन्न, औषधि आपूर्ति, कालो बजार आदि जस्ता गलत कार्यहरूको लागि प्रयोग गर्न सकिन्छ । किनकी यो दुई व्यक्तिको बीचमा मात्र प्रयोग गरिन्छ। त्यसो भए यो खतरनाक पनि हुन सक्छ।
अर्थतन्त्रमा संकट निम्त्याउने कारोबार
यस्तो कारोबारलाई वैधानिकता दिने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गर्नसक्ने जानकारहरु बताउँछन्।
यस्तो कारोबारले नेपालको पुँजी पलायन हुन्छ। नेपालजस्तो देश, जो रेमिट्यान्सको भरमा चलेको छ, यस्तो कारोबारले रेमिट्यान्स पनि खस्किन पुग्छ जानाकारहरुको भनाइ छ ।
नेपालमा पैसा आउन छाड्छ। यसले नेपालमा तरलताको समस्या सिर्जना गर्छ। यसले बैंकहरुको ब्याजदर बढाउँछ। यसले देशमा भएको डलरको जगेडा (सञ्चिति) पनि घट्ने हुन्छ।
Comment