हवाई उडान जेठ २ सम्मका लागि स्थगित, लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवं वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए । बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ । सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए । बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर पनि गरेको उनले बताए ।

त्यस्तै बैठकले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।