थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी सेती अस्पतालमा उपचार गराइरहेका एकजना र टेकु अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ भने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।