कांग्रेसका ३५ केन्द्रीय सदस्य, कसले ल्याए कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ डा शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन्। खुल्ला केन्द्रीय सदस्यतर्फको ३५ जनामध्ये उनले ३८३६ मत ल्याएका हुन्।

यसैगरी एनपी साउदले २९३७ मत ल्याएका छन्। बालकृष्ण खाणले २८७९, उदयशम्शेर राणाले २८४३, रामहरी खतिवडा २८३२, ज्ञानेन्द्रबहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८, जिपछिरिङ लामा २७०२, अर्जुननरसिंह केसीले २६५० मत पाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा ३५ जना खुला केन्द्रीय सदस्यमा देउवापक्षका २६ र शेखर कोइरालापक्षका ९ जना निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए।

कसले कति मत पाए ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।