प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला र अहिले ध्वस्त पार्न लागे : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजार सम्बन्धी दिएको अभिव्यक्तिको तिखो आलोचना गरेका छन् ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम लाई सम्बोधन गर्दै ओलीले प्रचण्डले सेयर बजार ध्वस्त पार्ने खालको अभिव्यक्ति दिएको आरोप लागएका हुन् ।

‘लेनिनले पूँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने ,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’

यसअघि प्रचण्डले शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै पूँजी बजार साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । उनले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।