लकडाउन छिट्टै अन्त्य नहुने प्रधानमन्त्रीको मुख्यमन्त्रीलाई ब्रिफिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् कुराकानी गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवार पुगरे प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग बिहान ११:३० देखि अपरान्ह ३: ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी भिडियो कन्फ्रेन्स गरेका थिए।

कन्फ्रेन्स मार्फत कुराकानीमा  लकडाउन बढ्न सक्ने संकेत गरेका छन्।

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्दै लकडाउन तत्काल अन्त्य गर्ने योजना नरहेको मुख्यमन्त्रीहरूलाई बताएका थिए।

‘लकडाउन’ छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका थिए ।

जनतालाई दु:ख दिन नभई, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए।

विशेषगरी प्रदेश सरकारले स्वास्थ्य सामग्री नभएको विषय उठाएका छन् । छलफल अहिले पनि जारी रहेको छ ।

नेपालमा हालसम्म बागमति प्रदेशमा २, गण्डकीमा दुई र सूदुरपश्चिम प्रदेशमा चार जना संक्रमित भेटिएका छन् । अर्का एक संक्रमित भने यसअघि नै भाइरसमुक्त भएर सामान्य जिवन यापन गरिरहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।