दाना अभाव देखाउँदै किसानले गरे कुखुरा नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  कारोना महामारीका कारण दाना अभाव देखाउँद  व्यवसायीै  कुखुरा नष्ट गर्न थालेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा रहेको गणेश पोल्टी फर्मले ५ हजार कुखुरा नष्ट गरेको जनाएको छ ।

फर्मका प्रोपाइटर तथा कुखुरा व्यवसायी लोकेश रिमालले करिब ५ हजार कुखुरा खाल्डो खनेर गाडेको जानकारी दिए ।  

रिमालका अनुसार मुलुक लकडाउनको अवस्थामा रहेकाले कुखुरा नबिक्ने र पालेर राख्नका लागि दानाको अभाव भएकोले व्यवसायीले यस्तो निर्णय लिनुपरेको हो । उनले नगरपालिकाले नै डोजर दिएपछि आफुले कुखुरा पुरेको  जानाकारी दिए ।

सरकारले केही दिन अघि कुखुरा तथा दाना बोक्ने गाडीलाई रोक नलगाउने बताएको भएपनि दाना अभाव रहेको र आएको दानामा समेत खराबी देखिएको र कुखुरा समेत मर्न थालेपछि पाल्न नसकेको रिमालको भनाई रहेको छ ।

यस्तै बेलकोटगढी ५ का गोकर्ण नेपालले पनि आफुले पालेको सबै कुखुरा नष्ट  गरेको जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।