बालुवाटार जग्गा प्रकरण: विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धरौटी बुझाएर बिशेष अदालतबाट रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान मात्र अदालतमा पुगेका थिए।

मुद्दाको म्याद बुझ्न पटक पटक अस्विकार गर्दै आएका गच्छदार अदालतको फरार सूचीमा थिए।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई धरौटी बुझाउन आदेश दिएको हो।

गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन्। भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।