डिजेल, पेट्रोल, मट्टीतेल र हवाइ इन्धनको भाउ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ। निगमले तीनवटै पेट्रोलियम पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै भाउ घटेको जनाएको हो। ‘चैत १९ अर्थात आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा १० रुपैयाँले घटाई काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रति लिटर कायम गरेको छ,’ निगमले भनेको छ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अत्याधिक गिरावटको कारण मुल्य घटाइएको निगमले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।