अनुदानको सिलिण्डरदेखि औषधिका प्याकेटमा आफ्नै फोटो टासेर वन मन्त्रीले गरे प्रचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा त्यसको तस्बिर भाइरल भइरहेका छन् ।

जनता मृत्युसँग लडिरहेका बेला चीनले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर राजनीति गरेको भनी उनको निकै आलोचना भइरहेको छ ।   मन्त्री आलेको व्यक्तिगत सहयोगमा भन्दै उनको फोटो टाँसिएका अक्सिजन सिलिण्डर चीन सरकारको अनुदानमा दिएका सिलिण्डर पनि  छन्।

ती सिलिण्डर उनले सुदूरपश्चिम प्रदेशमा ल्याएका हुन्। चीन सरकारले बैशाख २१ गते २ हजार अक्सिजनको खाली सिलिण्डर नेपाललाई अनुदानमा दिएको थियो ।

विभागले दिएको सिलिण्डरमा पनि मन्त्रीले आफ्नो फोटो अंकिट स्टिकर टाँसेका छन्। जुन चीन सररकाले नेपाललाई अनुदानमा  दिएका सिलिण्डर हुन् ।

वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट निर्वाचित सांसद समेत हुन्। उनले गृहजिल्ला डोटीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, सर्जिकल मास्क १ लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु शय्या, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायत छन्।

उनले डोटी पुर्याएका सिलिन्डर देखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।