कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, कसले कति जम्मा गरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रकम जम्मा हुने क्रम तीव्र रुपमा चलिरहेको छ ।

निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्मा गरिरहेका छन् । सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागी आह्रान गरेको थियो ।

उपचार कोषमा रकम यति दिन्छु भनी घोषणा गर्ने धेरै भए पनि निकै कमले मात्र जम्मा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ।  सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् ।

कोषमा अहिलेसम्म  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ आउने क्रममा रहेको जानकारी प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि

एलसेल प्रालिले दस करोड रुपियाँ, कृषि विकास बैङ्कले एक करोड २५ लाख रुपियाँ, निर्माण व्यवसायी कोषले एक करोड रुपियाँ, भाटभटेनी सुपरमार्केटले एक करोड रुपियाँ, एनईबीएलले एक करोड, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले ५० लाख रुपियाँ उक्त कोषमा जम्मा गरिसकेका छन्

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले दुई लाख रुपियाँ जम्मा गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।