अटो सेक्टरमा कोरोनाको प्रभाव , टाटा र महिन्द्राको कार बिक्रीमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व अर्थतन्त्रमा प्रभाव पारीरहेको कोरोना भाइसरबाट अटो सेक्टर अछुतो रहन सकेन । बिस्तारै अटो सेक्टरको बिक्रीमा पनि कमि आउन थालेको छ ।

यसबिच टाटा, महिन्द्रा, मारुति, टोयटा जस्ता कार निर्माता कम्पनीको बिक्रीमा कमि आएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार सन् २०२० को फेब्रुअरी महिनामा अघिल्लो वर्षको सोही अवधीको तुलनामा टाटा मोटर्सको बिक्रीमा ३४ प्रतिशतले कमि आएको छ ।

यसका साथै महिन्द्रा कम्पनीको कार विक्रीमा पनि झण्डै ४२ प्रतिशतले कमि आएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण धेरै देशहरुमा बढ्दै गएको कारण अटो सेक्टरको कारोबारमा अझै कमि आउने अनुमान गरिएको छ । (एजेन्सी)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।