राज्य लक्ष्मी शाक्य, अध्यक्ष, कीर्तिपुर नगर उद्योग वाणिज्य संघ, (नेउवा महासंघ)
राज्यलक्ष्मी शाक्य कीर्तिपुरको वडा २ मा बस्दै आएकी जागरुक महिला उद्यमी हुन् । उनी विगत १६ बर्ष पहिले देखि हस्तकला अन्तरगत ढाका कपडाहरु उत्पादन कार्यमा संलग्न रहँदै आएकी छिन् । हाल यसै श्रावण देखि कीर्तिपुर नगर उद्योग वाणिज्य संघ स्थापना भएसँगै उनी उक्त संस्थाको अध्यक्ष बनेकी छिन् । जुन नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत पर्छ ।
‘सकारात्मक सोच समूह’, महिला एवं मानव अधिकार लगायत विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थामा संलग्न उनी मूलतः वेरोजगार महिलाहरुलाई उद्यमशिलता प्रति जागरुक गराउँदै आएकी छिन् । व्यावसायिक हकहितको उद्धेश्यले उनी भर्खर मात्रै स्थापना भएको नगर उद्योग वाणिज्य संको कार्यसमिति १९ सदस्यीय छ । अब यस संस्थाले वस्तुगत, संस्थागत र साधारण सदस्यहरु विस्तार गर्दै जाने योजनामा आफूहरु रहेको शाक्य बताउँछिन् ।
कीर्तिपुरमा सञ्चालनमा रहेका उद्योगहरु
हस्तकलाजन्य तान, फेल्ट, कपडा, चिउरा, खाद्यान्न लगायतका सानातिना उद्योगहरु अहिले पनि कीर्तिपरमा सञ्चालनमा छन् । यद्यपि यो नगरपालिका राम्रो सम्भावना बोकेको नगरपालिका हो । आगामी दिनमा विदेशी निकायहरुसँग समेत सहकार्य गरी कीर्तिपुरमा धेरै उद्योगहरु सञ्चालन गर्ने योजनामा आफूहरु रहेको शाक्य बताउँछिन् । कीर्तिपुरमा खाद्यान्न, कृषि लगायत उद्योगहरु फस्टाउन सक्ने सम्भावना रहेको शाक्यले बताइन् ।
साथै अबको आवश्यकता भनेको खालि उर्वर भूमिमा कंक्रिटका घरहरु नबनाई अर्गानिक कृषि भूमिको रुपमा यसलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यस सम्बन्धमा कीर्तिपुर नगरपालिकासँग कुराकानी भइरहेको र नगर प्रशासन समेत सकारात्मक रहेको समेत शाक्यले बताइन् ।
संघका गतिविधि र अबको दायित्व
नगर उद्योग वाणिज्य संघ नयाँ संस्था भएको र आगामी दिनमा यस संस्थाले थुप्रै कामहरु गनर््पर्ने आवश्यकता रहेको बताउँदै आफूहरुले भर्खर सम्पन्न महिला दिवसको अवसरमा लकडाउन अवधिमा अनवरत रुपमा सेवा पु¥याएका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुलाई सम्मान गरेर काममा जिम्मेवार रुपमा अघी बढ्न प्रोत्साहित गरेको समेत उनले बताइन् ।
व्यवसायमा प्रवेश
महिलाहरु आत्मनिर्भर बन्न नसक्दा घरेलु रुपमा नै हिंसाको शिकार हुनुपर्ने अवस्थालाई नजिकबाट बुझेकी शाक्य महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि आफूले पनि केही पहल गर्नुपर्छ भन्ने चाहन्थिन् । यद्यपि उनको उद्यमशिलता प्रवेश अलि रोचक छ । जुन समस्याबाट सृजना भएको भन्न सकिन्छ । जहाँ समस्या त्यहाँ सम्भावना पनि रहन्छ भन्ने कुरालाई मनन गरेको प्रशङ्ग यहाँ पनि उल्लेख गर्नु उपयुक्त होला ।
व्यवसायमा लाग्न उत्प्रेरित गर्ने तत्व
पछिल्ला बर्षहरुमा धेरैजसो औपचारिक कार्यक्रमहरुको स्वागत बजारमा पाइने खादा पहिराएर गरिन्छ । ती खादा घाँटीमा लामो समय पहिरिँदा चिलाउने समस्या राज्यलक्ष्मीले महसुस गरिन् । हिमानी ट्रष्टको एउटा कार्यक्रममा भाग लिन मिस नेपाल सदिक्षा श्रेष्ठ सहित प्रमुख अतिथिको रुपमा वीरगञ्ज गएकी राज्यलक्ष्मी शाक्य लगायत अधिकांशले खादाले एलर्जी भएर प्रयोग नगरेपछि त्यसको अन्य कुनै विकल्प पनि हुन सक्ने सोच उनको मनमा आयो । सोच्दै जाँदा ढाकाका खादा उपयुक्त हुने अनुमान गरिन् । त्योसँगै उनको उद्यमशिल यात्रा पनि शुरु भयो ।
शुरुका दिनमा कामलाई अघी बढाउन उनीसँग प्रयाप्त लगानी थिएन । स्वतःस्फूर्त रुपमा आफ्नो योजना बमोजिमको कार्यमा जोडिन चाहने महिलाहरुलाई संगठित गर्दै केही सिलाई मेसिनहरुबाट उनले काम अघी बढाइन् । पछि हरेक घरका सीप नभएका बेरोजगार महिलाहरुलाई संगठित गर्दै घर–घरमा उद्यम विस्तार कार्यमा पनि उनी संलग्न भइन् । शुरुका दिनमा आफूले उत्पादन गरेका सामानहरु बारे राज्यका उच्च पदस्थ व्यक्तिहरुसँग पनि परामर्श गरिन् । ती व्यक्तिहरुबाट प्राप्त हौसलाले काममा अझ हौसिँदै अघी बढिन् ।
शुरुको लगानी
विभिन्न माध्यमबाट करिब ५० हजार रकम जुटाएर उनी यस क्षेत्रमा प्रवेश गरेकी हुन् । अहिले उनको योजना बमोजिम थुप्रै महिलाहरु स्वरोजगार बनेका छन् । हाल महिलाहरुले घरघरमा उत्पादन गरका ती सामान आफूले संकलन गरी स्वदेश तथा विदेशमा बजारीकरण गर्ने काम शाक्यले गर्दै आएकीछिन् । उनले मनकामना क्राफ्ट नामक उद्योग सञ्चालन गरेकी छिन् । उनले उत्पादन गरेका सामानहरु एनआरएन मार्फत समेत बाहिर समेत निर्यात हुने गरेके छन् ।
उत्पादित वस्तुको मूल्य
शुरुका दिनमा एउटा खादालाई नै आफूले ४÷५ सय सम्ममा पनि बिक्री गरेको शाक्य सम्झन्छिन् । काम गर्दै जाँदा र ठूलो परिमाणमा उत्पादन हुँदा हाल उक्त खादा प्रति पिस ४०÷५० रुपियाँमा नै उपलब्ध गराउने सामथ्र्य उनले राख्दै आएकी छिन् । आफ्ना उत्पादनहरु सानेपा, एकान्तकुना र कीर्तिपुरमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गरेर प्रवद्र्धन गरेकी उनी महिलाहरुलाई उद्यमशिल बनाउन र स्वदेशी उत्पादन बारे प्रचारप्रसार गर्न सकेकोमा खुसी व्यक्त गर्छिन् ।
प्रदर्शनीको योजना
महिलाहरुबाट उत्पादित सामानको प्रवद्र्धनको लागि फुड स्टल र उत्पादित सामाग्री कीर्तिपुरका १० ओटै वडामा प्र्रदर्शनी मेला सञ्चालन गर्ने शाक्य बताउँछिन् । जसले गर्दा महिलाहरुलाई अझ प्रोत्साहन मिल्न सकोस् । हाल कीर्तिपुरमा हस्तकला सम्बन्धी काम गर्ने बाँस, उन, सिलाइकटाई, कृषि, फेल्ट लगायत करिब ८२ उद्योग कीर्तिपुरमा सञ्चालनमा रहेको शाक्य बताउँछिन् ।
महिलाहरुलाई सन्देश
कुनै काम गरेर आफू स्वरोजगार र आत्मनिर्भर बन्न चाहने महिलाहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै यसको लागि नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न शाक्य अनुरोध गर्छिन् । उद्यमी बन्न आर्थिक स्रोत नभए आफूहरुले संघमार्फत आफ्नो योजना बमोजिमको कामको लागि स्रोत जुटाइदिन सहयोग गर्ने समेत बताउँछिन् शाक्य । हरेक व्यक्तिमा कुनै न कुनै सीप र क्षमता रहने भएकोले निराश नहुन र कुनै सीपमूलक काममा संलग्न हुन उनी महिला दिदीबहिनीहरुलाई आग्रह गर्छिन् ।
Comment