काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौं स्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५५ सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ ।
सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । उक्त योजना एक वर्षको लागि लागू हुने सम्झौतामा उल्लेख छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका कर्मचारीहरूलाई पनि योजना अनुसारको छुट उपलब्ध हुने बताइएको छ । यसैगरी ग्राहकले देशभरका २ हजार ४ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
Comment