कोरोना भाइरस हातमा २० मिनेट बाँच्छ, बच्न के गर्नुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको समाचार गोरखापत्र दैनिकमा छ। भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ।

यसले अरुलाई रोग सर्नबाट बचाउँछ। विश्व स्वास्थ्य संगठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्छ।

भाइरस मानिसको हातमा रहँदा १० मिनेट बाँच्न सक्छ। त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ। यो भाइरस २६-२७ डिग्री तापक्रममा बाँच्नै सक्दैन भनिएको छ। तातो पानी पिउनु र घाम ताप्नु यो भाइरसबाट बच्ने अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ।

त्यसैगरी आइसक्रिम, कोल्ड ड्रिंग्सबाट टाढा रहन भनिएको छ। यदि कसैलाई टन्सिल भएको छ भने कारोनाको जोखिम बढी हुन्छ। त्यसैले नुन पानीले कुल्ला गर्नुपर्छ। कोरोना भाइरस हावामा स्थिर रहन सक्दैन। त्यसैले हावाबाट सर्दैन। जब यो माइरस फलामे सतहमा पर्छ, त्यो १२ घन्टासम्म बाँच्न सक्छ। कपडामा नौ घन्टासम्म बाँच्न सक्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।