गोकुल बास्कोटाको कटाक्ष : ‘प्रधानमन्त्री र गृहमन्त्री ‘श्मशान जाग्ने बेला ब्युँझन्छन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको तनावका सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर आलोचना गरेका हुन्। उनले उक्त विषय उनीहरूको राजनीतिक शैली र कार्यशैलीसँग मेल खाने टिप्पणीसमेत गरेका छन्।

‘प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सर्वदलीय बैठकमा नजानु उनीहरूको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दुःखद विषय नै होइन,’ बास्कोटाले लेखेका छन्, ‘ती त श्मशान जाग्ने बेला बिउँझन्छन् अनि फेसबुक स्टाटसमै साक्षात्कार हुन्छन्। अर्को बेला होटल र नाकामा छापा मार्दा धम्क्याउँदै गर्जेको देखिन्छ।’

बास्कोटाले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिमा सरकारको सक्रिय भूमिकाको अपेक्षा गरिए पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चिन्ताको विषय बनेको संकेत गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि टिप्पणी गरेका छन्। सत्तासँगको सम्बन्धका सन्दर्भमा लामिछाने प्रभावहीन देखिएको उनको दाबी छ।

‘दुःखको कुरा सभापति रवि लामिछाने आफ्नै सत्तासामु निरीह बनेका छन्,’ बास्कोटाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

सुनसरीको देवानगञ्जमा भएको घटनापछि राजनीतिक वृत्तमा सरकारको भूमिकालाई लिएर विभिन्न दलका नेताहरूले टिप्पणी गरिरहेका बेला बास्कोटाको अभिव्यक्ति पनि सार्वजनिक भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।