एम्बाप्पेको कीर्तिमानी गोल, सेनेगल फ्रान्ससँग ३-१ ले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा किलियन एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई ३-० ले पराजित गरेको छ।

खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। तर दोस्रो हाफको अन्तिममा भने लगातार गोलको वर्षा भएको थियो।

६६ औँ मिनेटमा फ्रान्सका फरवार्ड एमबाप्पेले पहिलो गोल गरेर गोलको खडेरीलाई तोडेका थिए। माइकल ओलिसेको पासमा उनले फ्रान्सका लागि यो विश्वकपमा पहिलो गोल गरे।

ब्राडली बारकोलाले मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रान्सले २–० को अग्रता लियो। ओसमन डेम्बलेको स्थान लिन उनी ८० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे लगत्तै गोल गरेका थिए।

इन्जुरी टाइममा सेनेगलका इब्राहिम एमबायेले आफ्नो देशको लागि पहिलो गोल गरे।

त्यसको केही क्षणमै एमबाप्पेले आफ्नो दोस्रो गोल गरेपछि फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।