तीन पूर्वप्रधानमन्त्रीहरुसँग संविधान संशोधन कार्यदलको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज तीन जना पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो ।

​सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो। सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।