सरकारले २.५ मेगावाटको ग्रिन हाइड्रोजन पाइलट परियोजना सुरु गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनका लागि पाइलट परियोजना सुरु गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हेटौंडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादन प्लान्ट पाइलट परियोजनाका रूपमा कार्यान्वयन गरिने बताएका हुन् ।

सरकारले स्वच्छ ऊर्जा प्रवर्द्धन, वैकल्पिक इन्धन विकास तथा हरित अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्दै उक्त परियोजना अघि बढाउने जनाएको छ ।

अर्थमन्त्री वाग्लेले ग्रिन हाइड्रोजन उत्पादनले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै दीर्घकालीन रूपमा औद्योगिक तथा यातायात क्षेत्रमा स्वच्छ ऊर्जाको उपयोग विस्तार गर्न सहयोग पुग्ने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।