कोष खडा गरी २० अर्ब रूपैयाँ बचत गर्ने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विभिन्न संरचनात्मक सुधारका कदममार्फत २० अर्ब रुपैयाँ बचत गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारले विभिन्न कोष स्थापना गरी सुविधा वितरण गर्ने प्रचलन अन्त्य गर्ने घोषणा गरेको छ । साथै, सम्बन्धित संस्थानका कर्मचारीलाई सोही संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिद गर्दा दिइँदै आएको छुटसमेत हटाइएको जनाएको छ ।

त्यस्तै, गाभिएका तथा खारेज भएका निकायका दरबन्दी मिलान र दायित्व व्यवस्थापनसम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि ती निकायलाई छुट्याइएको रकम रोक्का गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

सरकारले प्रशासनिक खर्च नियन्त्रण, अनावश्यक सुविधा कटौती तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमार्फत २० अर्ब रुपैयाँसम्म बचत हुने अपेक्षा गरेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।