विद्युत प्राधिकरलाई टुक्र्याएर तीनवटा बनाउँदै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरण को पुनर्संरचना गरी उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

‘लामो समयदेखि थाती रहेको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीका रूपमा विभाजन गरिनेछ ।’

सरकारले ऊर्जा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी तथा प्रभावकारी बनाउन संस्थागत पुनर्संरचना अघि बढाइएको जनाएको छ ।

अर्थमन्त्री वाग्लेले विद्युत् उत्पादन वृद्धि, प्रसारण प्रणाली सुदृढीकरण तथा विद्युत् व्यापार विस्तारका लागि नयाँ संरचनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।