काठमाडौं । सरकारले ३१ सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार ६ वटा सरकारी निकाय मर्जर गरिनेछ भने ६ निकायको कार्यक्षेत्र हस्तान्तरण गरिनेछ । साथै, १८ निकायको पुनर्संरचना गरिने सरकारले जनाएको छ ।
सरकारले सार्वजनिक प्रशासनलाई चुस्त, प्रभावकारी र खर्च कटौतीमुखी बनाउन संस्थागत पुनर्संरचना अघि बढाइएको जनाएको छ ।
अर्थमन्त्री वाग्लेले दोहोरो कार्यक्षेत्र, अनावश्यक संरचना तथा प्रशासनिक खर्च न्यूनीकरण गर्दै सुशासन र सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताए ।

Comment