भ्याटमा बहुदरको सान्दर्भिकता अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले भ्याट प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी तथा व्यवहारिक बनाउन बहुदर प्रणालीको आवश्यकता र सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिने जानकारी दिए ।

सरकारले कर प्रणाली सुधार तथा राजस्व व्यवस्थापनलाई आधुनिक र व्यवसायमैत्री बनाउने उद्देश्यसहित उक्त कदम अघि बढाएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।