काठमाडौं । सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएको छ । आगामी आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले आयकरको अधिकतम दरसमेत घटाइएको जानकारी दिए । हाल ३९ प्रतिशत रहेको अधिकतम आयकर दर १० प्रतिशत बिन्दुले घटाएर २९ प्रतिशतमा झारिएको उनले बताए ।
सरकारले करदातालाई राहत दिने, उपभोग तथा लगानी बढाउने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Comment