२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको जानकारी दिएका हुन् ।

सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तिमा एक तह न्यून हुने व्यवस्था गरेको जनाएको छ ।

अर्थमन्त्री वाग्लेले उद्योगको उत्पादन लागत घटाउने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने तथा औद्योगिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।