स्वर्णिम वाग्लेले तोडे बजेट ‘कालो झोला’ परम्परा, नेपाली कागजको खाममा बजेट पुस्तिका प्रस्तुत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पुस्तिका यसपटक परम्परागत झोलाको सट्टा नेपाली कागजको खाममा रिबनले बेरेर मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका छन् ।

बजेट पारित गराउन अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वाग्लेले विगतदेखि चल्दै आएको कालो झोलामा बजेट पुस्तिका बोक्ने परम्परा तोडेका हुन् ।

यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुन ले नेपालमै उत्पादित अल्लोको झोलामा बजेट पुस्तिका बोकेर लैजाने अभ्यास सुरु गरेका थिए । वाग्लेको यो कदमलाई परम्परागत शैलीमा परिवर्तनसँगै स्वदेशी सामग्रीको प्रवर्द्धनका रूपमा समेत हेरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।