आज मिति २०८३ जेठ ११ साेमवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०८३ जेठ ११ गते (२५ मे २०२६) साेमवार, ज्येष्ठ अधिक शुक्लपक्ष नवमी तिथि, ८ः३१ बजेपछि दशमी। पूर्वफाल्गुनी नक्षत्र, ६ः५९ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १३ः०१ बजेपछि कन्या।

मेषः

राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाई लेखाईमा पनि प्रगति हुनेछ ।

वृषः

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । दिनको उत्तरार्ध सुखद देखिन्छ । सकारात्मक सोचमा रही आफूलाई प्रस्तुत गरिनु राम्रो पक्ष हुनेछ ।

मिथुनः

आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहने योग छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना छ ।

कर्कटः

आज बोलीको प्रभावले राम्रो काम बन्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।

सिंहः

आज रमाइलो तरिकाले कामहरू गर्न पाइने दिन छ । आर्थिक लाभ हुनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । मिठो भोजनको अवसर जुट्नेछ ।

कन्याः

परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुलाः

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्ध वादविवादको सम्भावना देखिन्छ । आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्ने जोखिम छ । आज शिक्षा क्षेत्रमा गरिएको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ ।

बृश्चिकः

अभिष्ट कार्य सिद्धि हुनेछ । जागिर तथा नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । सकारात्मक एवं व्यवहारिक सोचको विकास हुनेछ ।

धनुः

महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । गुम्न लागेको धन हाता लाग्ने दिन छ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । शेयर बजारमा लगानीको अवसर आएको छ । वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ ।

मकरः

काममा केहि चुनौति देखा पर्नसक्नेछ । दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग रहेको छ ।

कुम्भः

धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने देखिन्छ । सानो कुराले झन्झट बढे पनि मिहिनेतलाई निरन्तरता दिनुपर्नेछ । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

मीनः

द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।