नेप्सेमा १० अंकको गिरावट, ३ अर्ब २९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि गिरावट देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.०७ अंकले घटेर २७३० बिन्दुमा कायम भएको हो ।

यसअघि बुधबार नेप्से ४ अंकले घटेको थियो भने मंगलबार ३९.४४ अंकले गिरावट आएको थियो । त्यसअघि लगातार तीन कारोबार दिन बजारमा सुधार देखिएको थियो ।

बिहीबार कुल ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकममा केही वृद्धि भए पनि बजार भने घट्दो अवस्थामा रहेको देखिएको छ ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

लगानीकर्तामा बजारप्रति अझै स्पष्ट विश्वास नबढ्दा नेप्सेमा दबाब कायम रहेको विश्लेषण गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।