४.१५ अंकले ओरालो लागेको नेप्सेमा पौने तीन अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४.१५ अंकले घटेको छ। योसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन (मंगलबार) ३९.४४ अंकले घटेको थियो। सोमबार भने नेप्से ३८.१९ अंकले बढेको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१५ प्रतिशतले घटेको नेप्से २७४०.२५ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले घटेर ४६७.५५ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१६ प्रतिशतले घटेको छ।

सेयरबजारमा बुधबार ३३९ कम्पनीको ४२ हजार १७६ पटकको कारोबारमा ५६ लाख ४३ हजार २८८ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भयो।

मंगलबार चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ८२ कम्पनीका सेयरमूल्य मात्र बढे। १७६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा दुई समूहका सूचक मात्र बढे भने बाँकी ११ समूहका उपसूचक राताम्मे बने।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.२४‚ विकास बैंक ०.१९‚ फाइनान्स ०.३६‚ होटेल तथा पर्यटन ०.४२‚ जलविद्युत् ०.१२‚ लगानी ०.२२‚ जीवन बिमा समूहका सूचक ०.५० प्रतिशतले घटे।

यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४७ प्रतिशतले बढ्दा लघुवित्त ०.५२‚ म्युचुअल फन्ड ०.३९‚ निर्जीवन बिमा ०.६१ र अन्य समूहको सूचक ०.३० प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने १.५० प्रतिशतले बढ्यो।

नेप्सेमा बुधबार एसियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ११.४२ प्रतिशतले आम्दानी गरे भने धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ११.१७ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड अग्रस्थानमा रह्यो। आज एसवाईकव २७ करोड ७९ लाख ४६ हजार ५२७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नै अगाडि रह्यो। बुधबार यसको दुई लाख ९० हजार ५२६ कित्ता सेयर किनबेच भयो। मंगलबार भने ६ लाख ५६ हजार १६३ कित्ता सेयर किनबेच भएको थियो। नेसनलको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८५ रुपैयाँ कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।