काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड को कार्यालयमा सम्पन्न कार्यक्रममा गोलाप्रथामार्फत भाग्यमानी आवेदक छनोट गरिएको हो ।
बाँडफाँडअनुसार कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये विभिन्न कारणले ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक कायम भएका थिए ।
कम्पनीका अनुसार मागभन्दा १८.६३ गुणा बढी आवेदन परेको थियो । यसले लगानीकर्तामाझ कम्पनीको आईपीओप्रति उच्च आकर्षण देखिएको जनाएको छ ।
कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो । आईपीओ बाँडफाँडको नतिजा सीडीएससी आईपीओ रिजल्ट वेबसाइट, मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइट तथा मेरो शेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

Comment