काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। लगानीकर्ताको उत्साहसँगै बजारमा हरियाली छाउँदै नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.३९ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ६.०८ अंकले वृद्धि हुँदै ४७३.४१ विन्दुमा पुगेको छ, जुन १.३० प्रतिशतको वृद्धि हो। फ्लोट इन्डेक्स १.४३ प्रतिशत तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ प्रतिशतले उकालो लागेको छ।
सोमबार नेप्सेमा सूचीकृत ३३२ कम्पनीका एक करोड चार लाख ३९ हजार ४३२ कित्ता सेयर ६८ हजार ४४४ पटक किनबेच हुँदा कुल चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा २४७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १८ कम्पनीका सेयरमूल्य घटेका छन्। चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। कारोबारमा आएका सबै १३ उपसमूहका सूचक हरियालीमा बन्द भएका छन्।
उपसमूहतर्फ वाणिज्य बैंक समूह १.०२ प्रतिशत, विकास बैंक १.२६ प्रतिशत, फाइनान्स १.८१ प्रतिशत, होटल तथा पर्यटन ०.६९ प्रतिशत, जलविद्युत् १.७९ प्रतिशत, लगानी १.२५ प्रतिशत, जीवन बीमा ०.९९ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह १.३० प्रतिशतले बढेका छन्।
यसैगरी लघुवित्त समूह १.७० प्रतिशत, म्युचुअल फन्ड ०.०६ प्रतिशत, निर्जीवन बीमा १.६० प्रतिशत, अन्य समूह २.११ प्रतिशत तथा व्यापार समूह १.१५ प्रतिशतले वृद्धि भएको छ।
व्यक्तिगत कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी १४.१९ प्रतिशत आम्दानी गरेका छन्। विपरीत, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड का लगानीकर्ताले २.८७ प्रतिशतले सेयरमूल्य गुमाएका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड ११ लाख १९ हजार ४८८ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै कारोबार भएको सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। कम्पनीको पाँच लाख ९८ हजार १३ कित्ता सेयर किनबेच भएको थियो। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २९६ रुपैयाँ कायम भएको छ।

Comment