उद्योग वाणिज्य महासंघको अन्तिम मत परिणाम यस्तो, को को भए विजयी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वासर्षक साधारण सभाले अध्यक्ष बाहेकका पदमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष पदमा भने बरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान अनुसार अन्जन श्रेष्ठ अध्यक्ष बनेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् भने अन्य पदहरुमा मंगलबार निर्वाचन भएको थियो ।

महासंघका अनुसार बुधबार सम्पन्न मतपरिणाम अनुसार एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डेले जित हासिल गरेका छन् । उनले हालकी महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई ३०० मतभन्दा बढीले पराजित गरेका हुन । पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मत पाइकी थिइन् ।

जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठले जित हासिल गरेका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएका हुन् भने जित हासिल गर्न नसकेका उमेश डालमीयले ५७ र कल्पना गैरेले ३४ मत पाएका छन् ।

वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रत्यासी शिवप्रसाद घिमिरे लाई ३ मतले हराएका हुन् । श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत पाएका थिए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थियो । मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको हो । विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन भएको अन्तिम नतिजा यस्तो छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।