कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ देखि खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणअन्तर्गत कम्पनीले कुल २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ। मागभन्दा बढी आवेदन परेमा छिटोमा नै निष्काशन बन्द गरिनेछ।

यस आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ। कालंगागाड जलविद्युत आयोजनाबाट कम्पनीले १५.३३ मेगावाट क्षमतामा २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले सी–आस्बा प्रणाली तथा ‘मेरो शेयर’मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस आईपीओलाई बजारमा जलविद्युत क्षेत्रका सम्भावनासहितको लगानी अवसरका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।