काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार पक्राउ गरेको छ।
प्रहरीका अनुसार आफू अनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ वेबसाइट ह्याक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पाण्डे राप्रपाका उपाध्यक्षसमेत हुन् र २०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
यसअघि २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

Comment