गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले व्यवसायी दीपक भट्टर र सुलभ अग्रवालसँगको सहकार्यका आधारमा सेयर सम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी सम्हालेको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका टिप्पणी र आलोचनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले भनेका छन्।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफू पदमा रहँदा कुनै ‘कन्फिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे । साथै, आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

गुरुङले पछिल्ला समय युवाहरूको सक्रियतामा देखिएको जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।’

उनले समाजमा पारदर्शिता र नैतिकताको अभ्यास आवश्यक रहेको बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।