गगन थापा र प्रचण्डबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापा र प्रचण्डबिचको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि थापा र प्रचण्डबिच भएको यो पहिलो भेटवार्ता हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।