कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत २३ र २४ भदौको जेन-जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन्।

कांग्रेसको केन्द्रीय समितिद्वारा आज (सोमबार) हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।

गत २१ फागुनको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको विषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रक्रियाअनुसार गर्नुपर्ने उल्लेख गरे। कसैप्रति पूर्वाग्रही ढंगले व्यवहार नगर्न आग्रह गर्दै उनले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताए।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रूपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।