मोबाइल बैंकिङबाट अब दिनको ३ लाखसम्म कारोबार गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल बैंकिङबाट दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी ‘एकीकृत निर्देशन २०७९’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । यसअघि मोबाइल बैंकिङ मार्फत दिनको दुई लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्थ्यो ।

इन्टरनेट बैंकिङबाट भने दैनिक २० लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था नै रहेको छ । त्यस्तै बैंक खाताबाट वालेटमा दिनको दुई लाख रुपैयाँसम्म लोड गर्न सकिन्छ । प्रति महिना लोड गर्न सकिने रकम भने १० लाख रुपैयाँ नै रहेको छ ।
साथै, वालेटबाट कुनै पनि बैंक खातामा दिनको दुई लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । वालेटबाट बैंक खातामा रकम पठाउन सकिने रकम भने १० लाख रुपैयाँ नै रहेको छ ।

अब प्रयोगकर्ताले एउटा वालेटबाट अर्को वालेटमा दिनको ५० हजार रुपैयासम्म पठाउन पाउनेछन् । वालेटबाट वालेटमा महिनामा पाँच लाख रुपैयाँको कारोबार गर्न सकिने व्यवस्था भने यथावत् छ ।

खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक दुई लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा एक लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार महिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

‘भुक्तानी सेवा प्रदायक संस्थाले यस बैंकबाट इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन् ।’ निर्देशिकाको विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्क सम्बन्धी व्यवस्थामा उल्लेख गरिएको छ, ‘यसरी रेमिट्यान्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुर्याएकाे मानिने छैन् ।’

यसैगरी डिजिटल वालेटबाट नेपाल सरकारको राजश्व भुक्तानी गर्दा लाग्ने सेवा शुल्क पनि परिवर्तन भएको छ । जसअन्तर्गत वालेटबाट पाँच हजारसम्म भुक्तानी गर्दा अधिकतम पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ, पाँच हजारदेखि १० हजारसम्म आठ रुपैयाँ र १० हजारभन्दा माथि अधिकतम १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।