काठमाडौँ । चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै सांगीतिक क्षेत्र शोकमा डुबेको छ।
१२ हजारभन्दा बढी गीतमा स्वर दिएकी आशाको नेपालसँग पनि गहिरो सम्बन्ध थियो। उनले ‘माइतीघर’, ‘प्रेमपिण्ड’, ‘चिनो’ र ‘लाहुरे’ जस्ता नेपाली फिल्मका चर्चित गीतहरूमा स्वर भरेकी थिइन्, जसले उनलाई नेपाली श्रोतामाझ लोकप्रिय बनाएको थियो।
निर्देशक तुलसी घिमिरेले आशासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको स्मरण गर्दै उनको निधनले आफू अत्यन्त दुःखी भएको बताएका छन्।
आशा भोसलेले नेपाली गीतसंगीतप्रति विशेष लगाव राख्दै विभिन्न हिट गीतमार्फत नेपाली श्रोताको मनमा अमिट छाप छोडेकी छन्।

Comment